नियम ३५
लिलाम बिक्री गर्ने कार्यविधि
(१) एकलाख रूपैयाँभन्दा बढी न्यूनतम मूल्य भएका सवारी साधन वा भारी यन्त्र उपकरण लिलाम बिक्री गर्न भन्सार कार्यालयले एक्काईस दिनको म्याद दिई देहायका कुराहरू समेत खुलाई राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी वोलपत्र आह्वान गर्नु पर्नेछः–
(क) सवारी साधन वा ढुवानी साधनको विवरण, इन्जीन नम्बर, चेसिस नम्वर र उत्पादन वर्ष,
(ख) उत्पादन भएको मितिले दश वर्ष नाघेका दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे सवारी साधन र पन्ध्र वर्ष नाघेका चारपाङ्ग्रे वा अन्य सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुत नदेखिएको सवारी साधनका सम्बन्धमा लिलाम पश्चात् पुन सवारी साधनका रूपमा दर्ता हुन नसक्ने कुरा,
(ग) न्यूनतम मूल्य,
(घ) वोलपत्र पठाउने तरिका, वोलपत्रवापत लाग्ने दस्तुर, वोलपत्र खोल्ने समय, मिति र स्थान, वोलपत्र साथ आफूले कवुल गरेको
अङ्कको दश प्रतिशतले हुने रकम दाखिला गर्नु पर्ने बैङ्कखाताको विवरण र सो खातामा रकम दाखिला गरेको सक्कल भौचर संलग्न हुनु पर्ने कुरा,
(ङ) लिलाम अङ्कमा कुनै कर, शुल्क आदि लाग्ने भए सो कुरा,
(च) लिलाम सकार गरेको मालवस्तु उठाइ लैजानु पर्ने अवधि,
(छ) इच्छुक व्यक्तिले लिलाम बिक्री हुने मालवस्तु हेर्न वा अवलोकन गर्न सक्ने स्थान र समय,
(ज) अन्य आवश्यक कुराहरू ।
(२) उपनियम (१) मा उल्लिखित मालवस्तुबाहेक अन्य मालवस्तु लिलाम बिक्री गर्न पन्ध्र दिनको म्याद दिई देहायका कुराहरूसमेत खुलाई सम्बन्धित भन्सार कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी सिलबन्दी दरभाउपत्र वा खुला बोलकबोल आह्वान गर्नु पर्नेछ । त्यस्तो सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमासमेत टा“स गर्न पठाउनु पर्नेछः–
(क) उपनियम (१) को खण्ड (क),(ख),(ग),(ङ) (च) (छ) र (ज) मा उल्लिखित कुरा,
(ख) मालवस्तुको विवरण,
(ग) सिलबन्दी दरभाउपत्र आह्वान गरेकोमा त्यस्तो सिलबन्दी दरभाउपत्र पठाउने तरिका, सिलबन्दी दरभाउपत्रवापत लाग्ने दस्तुर, सिलबन्दी दरभाउपत्र खोल्ने स्थान, समय र मिति
(घ) खुला बोलकबोल आह्वान गरेकोमा बोलकबोलद्वारा लिलाम बढाबढ हुने स्थान तथा शुरु र अन्त्य हुने समय र मिति,
(ङ) न्यूनतम मूल्यबाट नै लिलाम बढाबढ शुरु हुने कुरा,
(च) लिलाम सकार गर्न बोलकबोल शुरु गर्नुअघि नै न्यूनतम मूल्यको दश प्रतिशतले हुने रकम नगद धरौटी राख्नु पर्ने कुरा र कबोल
अङ्क बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्ने कुरा ।
(३) उपनियम (१) वा (२) बमोजिम बोलपत्र वा सिलबन्दी दरभाउपत्र माग गर्दा बोलपत्र वा सिलबन्दी दरभाउपत्र खरिद र दाखिलासम्बन्धी कार्य सम्बन्धित भन्सार कार्यालयमा गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम प्रकाशित सूचना अनुसार बोलपत्र वा दरभाउपत्र पेश गर्ने व्यक्तिले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको दश प्रतिशतले हुने रकम भन्सार कार्यालयले तोकेको बैङ्कखातामा जम्मा गरेकोे सक्कल भौचर संलग्न गर्नु पर्नेछ ।
(५) भन्सार कार्यालयमा दाखिला हुन आएका चोरी पैठारी वा चोरी निकासी गरेको मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन स्थानको अभाव वा संरक्षण गर्न नसकिने कारणले सो कार्यालयमा राखिरहन उपयुक्त नदेखिएमा सम्बन्धित भन्सार अधिकृतले नियम ५४ बमोजिमको समितिबाट त्यस्तो साधनको न्यूनतम मूल्य कायम गराई यस परिच्छेदको प्रक्रिया पूरा गरी लिलाम बिक्री गर्न गराउन सक्नेछ ।